Mantra
Mayametro Hospital

कैलाली र कञ्चनपुरमा देउसीपछि वनभोज जाने समय सुरु

कैलाली र कञ्चनपुरका वनभोज खाने ठाउँहरूमा प्रहरीले सुरक्षा दिने

AD offer
JK

कञ्चनपुर: कैलाली र कञ्चनपुरमा देउसीपछि वनभोज जाने समय सुरु भएको छ। तिहारमा देउसी–भैलोबाट सङ्कलन भएको रकमले साथी–भाइ मिलेर वनभोज जाने र रमाइलो गर्ने चलन छ। कैलाली र कञ्चनपुरका पर्यटकीय तथा वनभोज जाने क्षेत्रहरूमा युवायुवतीहरूको भिड हुने गरेको छ।

mantra Hospital

प्रहरीले जोखिमयुक्त क्षेत्रहरूमा वनभोजका लागि नजान आग्रह गरेको छ। कैलाली र कञ्चनपुरका वनभोज खाने ठाउँहरूमा प्रहरीले गस्ती गर्ने भएको छ। वनभोज हुने क्षेत्रहरूमा प्रहरीले सुरक्षा दिने बताएको हो।

Mantra

कैलाली र कञ्चनपुरमा देउसी भैलो खेलेर उठेको रकमले दौतरीहरूसँग मिलेर वनभोज गएका बेला हरेक वर्ष घटना हुँदै आएका छन। वनभोजमा गएको यातायातको साधन दुर्घटनामा पर्ने र बालबालिकाहरूले अन्य खालका जोखिमसमेत हुने गरेका छन। अभिभावक बिना बालबालिकाहरू वनभोजमा जाने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको हो। वनभोजमा जाने सवारी, यात्रुको सङ्ख्या, सडक, वनभोज स्थलका बारेमा जानकारी राख्न प्रहरीले भनेको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख चक्रराज जोशीले वनभोजको समय सुरु भएकाले मातहतलाई भनेको बताए। उनले भने, ‘वनभोज क्षेत्रमा घटनाहरू हुन्छन। हामी पनि वनभोज क्षेत्रमा विशेष केन्द्रित हुन्छौ।’

वनभोज जादा सवारीको प्रयोग गर्ने र सवारी दुर्घटनामा पर्ने, नदीमा डुब्ने, बलात्कारका घटना हुनसक्ने, झैझगडा हुने र अन्य जोखिमको समेत खतरा हुन्छ। देउसी–भैलोपछि, कैलालीका गोदावरी, चिसापानी, खानीडाडा, घोडाघोडी ताल, टीकापुर पार्क, जाखौर ताल, चुरे फेदीका विभिन्न ठाँउहरू सहित कञ्चनपुरको दोधारा चाँदनी, धारापानी, बतासेझर्ना र बेतकोट तालमा लगायतका पर्यटकीय स्थानमा वनभोजका कार्यक्रम हुँदै आएका छन।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...