Mantra
Mayametro Hospital

बैतडीमा ग्याँस सिलिण्डर लिक भएर लागेको आगोले जलेर एकजना गम्भीर घाइते

AD offer
JK

बैतडी–बैतडीमा खाना पकाउने ग्याँस सिलिण्डर लिक भएर लागेको आगोले जलेर एकजना गम्भीर घाइते भएका छन् । जिल्लाको सिगास गाउँपालिका–९ चौखामका ४० बर्षीय सुरेन्द्र धामी आगोले जलेर घाइते भएका सिगास गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष कृष्ण धामीले बताए ।

mantra Hospital

स्थानीय शंकरपुर आधारभूत विद्यालयका प्रधानाध्यापक सालिभान धामीको घरमा आइतबार बिहान ग्याँस सिलिण्डर मर्मतका लागि पुगेका धामी आगोले जलेर घाइते भएका हुन् । सिलिण्डर ग्याँस लिक भएको अवस्थामा ग्याँस जलाउने क्रममा आगो लागेको हो । कोठाभरी लिक भएको ग्याँस भरिएको बिषयमा थाहा नहुँदा आगलागी भएको हो । ग्याँस जलाउने बित्तिकै कोठाभरी आगो सल्किँदा धामी घाइते भएका हुन् । सुरेन्द्रको अनुहारसहित शरीरका विभिन्न भागमा जलेको वडा अध्यक्ष धामीले बताए ।

Mantra

आगोले जलेर घाइते भएकाले सुरेन्द्रलाई उपचारका लागि आइतबार नै डडेल्धुरा अस्पताल पठाएको भएपनि डडेल्धुरा अस्पतालले आज काठमाण्डौं बर्न हस्पिटलमा रेफर गरेको वडा अध्यक्ष धामीले बताए ।

यस्तै ग्याँसमा आगो सल्किँदा प्रधानाध्यापक धामीको घरमा क्षति हुनुका साथै उनकी श्रीमति ३८ बर्षीया धनमती धामी पनि सामान्य घाइते भएकी छन् । उनी बझाङको बित्थडचीरस्थित देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएर घर फर्कीसकेकी छन् ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...