बैतडी: बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर–३ तडीगाँउकी ४५ वर्षीया पार्वती भट्टको सोमबार दिउँसो एकबजेतिर स्थानीय दोसिर भीरबाट लडेर मृत्यु भएको हो ।
खरफागलामा खर काटिरहेकी पार्वतीलाई वनमा चराउन लगेको छिमेकीको बोकाले हान्दा उनी करीब ५ सय मिटर तल खसेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक भट्टको घरमा चार छोरा र चार छोरी रहेका छन् । भीरबाट लडेर पार्वतीको निधन भएपछि सिंगो तडीगाउँ शोकमा डुबेको छ ।