Mantra
Mayametro Hospital

डोटीमा एक महिला मृत फेला

AD offer
JK
mantra Hospital

डोटी: डोटीको बडिकेदार गाउँपालिका– २ मा एक महिला मृत अवस्थामा फेला परेकी छन। सहजपुर–बोगटान सडक खण्डको चिन्नेमा एक महिला मृत अवस्थामा फेला परेकी हुन्।

बडिकेदार गाउँपालिका–२ का वडाध्यक्ष प्रेमबहादुर घर्तिमगरले ५५ वर्षीया भागादेवी भाटको शव सडकबाट करिब एक सय मिटर तल जमिनमा घोप्टो परेको अवस्थामा भेटिएको बताए। उनी शनिवार भाइटीकाको दिन आफ्नो घरबाट माइती जाने क्रममा रहेको जनाइएको छ। उनी लामो समयदेखि उच्च रक्तचापले पीडित थिइन्। शरीरमा घाउ चोट पटक नदेखिएको र शव पोष्टमाटमका लागि धनगढी पठाइएको घर्तिमगरले बताए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...