Mantra
Mayametro Hospital

तिहार सकियो, छठको तयारी शुरु

AD offer
JK

धनगढीः तिहार सकिएसँगै छठको तयारी शुरु भएको छ । हिजो आइतबार भाइटीका लगाएसँगै तिहार पर्व सकिए सँगै छठ पर्वको तयारी शुरु भएको हो । तराई– मधेसका जिल्लामा छठ पर्वको लागि तयारी शुरु गरिएको छ ।

mantra Hospital

छठका लागि नदी, तलाउ किनारामा छठ घाट निर्माण गर्न थालिएको छ । धनगढीको मोहना नदी, किनारा, अत्तरियाको गोदावरी नदी किनारामा छठका लागि घाट सजाउने गरिन्छ ।

Mantra

छठ लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट विधिवत् रूपमा आरम्भ हुन्छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, मुला, अदुवाको बोट पर्छन् । छठको मुख्य दिन कार्तिक २२ गते हो । त्यस दिन सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...