Mantra
Mayametro Hospital

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

AD offer
JK

झलारी : कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जना घाइते भएका छन । आइतबार बेदकोट नगरपालिका – १० दैजी – बेल्डाडी सडक खण्ड बडेनी खेडा पुल नजिक २ मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका हुन ।

mantra Hospital

बेलौरी नगरपालिका – १० का २९ वर्षीय टिका राम चन्दले चलाएको UK 21CK 4706 नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेका घोडाघोडी नगरपालिका – ५ का ३० वर्षीय प्रकाश बिष्टले चलाएको बा ०२ ० २८ प ६१५६ मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Mantra

दुर्घटनामा बा ०२ ० २८ प ६१५६ नम्बरको मोटरसाइकलको पछाडी सवार कैलालीको गोदावरी नगरपालिका – १ का महेश धामीको र UK 21CK 4706 नम्बरको मोटरसाइकलको पछाडि सवार बेलौरी नगरपालिका – १० की ३३ वर्षीय रुपा शाही घाइते भएका छन । घाइते दुवै जनाको महाकाली प्रादेशीक अस्पताल महेन्द्रनगरमा उपचार भई रहेको प्रहरीले जनाएको छ । प्रहरीले चालक उपचारमा संलग्न रहेको र दुबै मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...