Mantra
Mayametro Hospital

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्युु भएको छ। घोडाघोडी नगरपालिका–१० को पहमानपुरमा सुदूरपश्चिम प्रदेश ०१०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सोही ठाउँ बस्ने ५४ वर्षीया डम्मरा ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले मोटरसाइकलको ठक्करबाट गम्भरी घाइते ओलीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्युु भएको बताए। उनका अनुसार मोटरसाइकल र चालक घोडाघोडी नगरपालिका–१ बस्ने २५ वर्षीय हेमन्त सापकोटालाई नियन्त्रण लिइएको छ। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...