


धनगढीः कैलालीबाट खैरो हिरोइनसहित ५ जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–२ सितापुर स्कुल नजिकबाट लागूऔषध ९खैरो हेरोईन० सेवन गरिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय निराजन रावल, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय निर्मल शाही, २२ वर्षीय भरत कुवँर, २३ वर्षीय दमन ढुंगाना र २१ वर्षीय सचिन भण्डारी बिहीवार पक्राउ परेका हुन्। यी पाँचै जनालई २८० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएको हो।
