Mantra
Mayametro Hospital

कैलालीमा मृतक विकका परिवारले जाहेरी दिएपछि चार जना पक्राउ

AD offer
JK

अत्तरीया: कैलालीमा मृतकका आफन्तले किटानी जाहेरी दिएपछि चार जना पक्राउ परेका छन्। गत शुक्रबार राति जिल्लाको गोदावरी नगरपालिका–१२ को ओलानीस्थित कोल्मुडामा जुवा खेल्ने क्रममा सम्पर्कविहीन भएका करन विकको मृत्यु घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। गोदावरी नगरपालिका–१२ ओलानीका प्रकाश साउँद, पूरण मलासी, गणेश विक र गंगा साउँदलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर थापाले बताए।

mantra Hospital

मृतक विकका परिवारले उनीसँगै रहेका चारै जनाविरुद्ध ज्यान सम्बन्धी मुद्दामा किटानी जाहेरी दिएपछि पक्राउ गरिएको उनले बताए। ओलानीमा जुवातास भइरहेको सूचनाका आधारमा शुक्रबार राति प्रहरीको टोली जुवाखालमा पुगेको थियो। प्रहरी त्यहाँ नपुग्दै जुवातास खेलिरहेकाहरु भागेका थिए। तर विक भने भोलिपल्ट स्थानीय कुलोमा खसेको अवस्थामा मृत भेटिएका थिए।

Mantra

सुरुमा जुवाखालबाट भाग्ने क्रममा विकको मृत्यु भएको आशंका गरिएको थियो। तर घटनामा विकसँगै रहेका चार जनाको शंकास्पद भूमिका देखिएपछि प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको छ। चार जना पक्राउ परेपछि मृतक विकका परिवारले मंगलबार मात्र उनको शव बुझेका छन्।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...