Mantra
Mayametro Hospital

शुक्लाफाँटामा समाजीक सुरक्षा भत्ता बितरणमा हैरानी खेप्दै जेष्ठ नागरीक

AD offer
JK

झलारी: सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्नु पर्ने बाध्यताले शुक्लाफाटामा जेष्ठ नागरीकहरुले हैरानी खेप्नु परेको छ ।  बैंकबाट नै भत्ता लिँदा दुरुपयोग हुने सम्भावना कम भए पनि बैंकसम्म आइपुग्न भने कठिन हुने गरेको ज्येष्ठ नागरिक बताउँछन् ।

यसअघि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको सरकारले अहिले अनीवार्य बैंक जानु पर्ने बाध्यतना गरेपछि वृद्धवृृद्धाहरूलाई सास्ती भएको हो । यो प्रक्रिया अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरू भन्छन यस्तो भत्ता निल्नु न ओकेल्नु भएको छ,’ शुक्लाफाँटा नगरपालिका– ०५ की ८२ वर्षीया राजमती धामीले भनिन्, ‘सुविधा दियो कि सरकारले दुःख दियो बुझ्नै सकिएन ।’ चाडबाडका बेला भत्ता लिन आउँदा झन् धेरै दुःख पाइने गरेको उनले बताए । ‘लाइनमा बस्न सकिँदैन । ढाड दुख्छ । उनले थपे, ‘बुढो मान्छेलाई सहुलियतका नाममा झन् दुःख दियो सरकारले ।’

Mantra
mantra Hospital

यसअघिसम्म उनले वडा कार्यालयबाट बुझ्थे । त्यो सजिलो पनि थियो । ‘सबै जना भेला हुन्थ्यौं । पालैपालो वडा बाटै पैसा बुझिन्थ्यो,’ उनले भने, ‘आफ्नै घर नजिक भत्ता पाइने चलन राम्रो थियो । भत्ता पाएको रकमले चाडबाड मनाउने सोचेर बैंक पुगेका उनी बैंकको भीडमा स्वास फेर्न मुस्किल भएको बताउँछन् ।

शुक्लाफाटा नगरपालीका का निवर्तमान नगरप्रमुख यस्तो भन्छन म नगरप्रमुख भएको बेला समाजीक सुरक्षा भत्ता सम्बन्धित बैंकसँगको सहकार्यमा वडामा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने ब्यवस्था मिलाएको थीए अहिलेको सरकारले ज्येष्ठ नागरिकहरुलाई दुख दिने कार्य गरेको मा आपत्ती जनाउनु भएको छ ।

यस बारे शुक्लाफाँटा नगरपालीकाका नगर प्रवक्ता लाल बहादुर ऐर भन्नुहुन्छ चाडबाडको बेला भइकोले सामाजिक सुरक्षा भत्ता लिन एकैपटक सबै नागरीकहरु बैंकमा आएकाले भीडभाड भएको छ । बिस्तारै यो समस्या समाधान हुने बताउछन । आवश्यकताका आधारमा वडा कार्यालयहरुले वडा कार्यालय बाटै पनी सामाजिक सुरक्षा भत्ता बितरण गर्न पाउने ब्यवस्था गरीएको उनले बताए ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...