Mantra
Mayametro Hospital

कञ्चनपुर र कैलाली बाट ९ लाख बराबरको सामान बरामद

AD offer
JK

कञ्चनपुर: कञ्चनपुर र कैलाली बाट ९ लाख बराबरको सामान बरामद भएको छ । आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिकाको विभिन्न स्थानबाट पाँच लाख ६३ हजार बराबरको अवैध सामान र कैलालीको गोदावरी नगरपालिकासहितका विभिन्न स्थानबाट तीन लाख ७० हजार बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका २ भाँसी, वडा नम्बर १० को भन्सार कार्यालय नजिक, ११ को चौकीसत्ता, १७ को वाँसखेडा र पुनर्वास नगरपालिका ८ बाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याइएका सामान बरामद भएको छ ।

Mantra
mantra Hospital

पाँच लाख ६३ हजार ६८० रुपैयाँ बराबरका सामानमा प्याज, चिनी, दाल, खानेतेल, मिठाई, पेय पदार्थ, बिडी, सुर्ती, सुटपिस, हार्डवेयर, कस्मेटिक, किरानाका सामान, प्लाष्टिक झिल्ली, मोटरसाइकल लगायत रहेको प्रहरीले जनाएको छ ।  ती सामान गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको छ ।

 

यस्तै गोदावरी नगरपालिका ४, भजनी नगरपालिका ३ बदलाचोक, हिक्मतपुरघाट, जोशीपुर गाउँपालिका ३ फाँडिया र कैलारी गाउँपालिका ५ मनिकापुरबाट अवैध रुपमा भारतबाट ल्याइरहेको सामान बरामद गरिएको हो ।

बरामद गरिएका सामानमा प्याज, चिनी, गुड, बदाम, बिडी, सुर्ती, गुटखा, आलु, मोबाइलका कभर, ग्लास, स्विटर, थर्मोकोट, गन्जीलगायतका सामानहरु छन् । बरामद भएका सामान कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...