


जय ऐर, झलारी : आईतवार स्व: गगन सिंह शाहुको सम्झनामा झलारि आयुर्वेद औषधालयमा पतंन्जलि योग समिति शुक्लाफाँटाले शोक सभा कार्यक्रम गरेको छ ।
स्व: शाहुको सम्झनामा झलारि आयुर्वेद औषधालयमा विहान ५ वजेदेखि योग साधना संगै उनले गरेका असल कार्यको बर्णन संगै मौन धारण गरि वहाँको दिवंगत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरि शोक सभा सम्पन्न भएको हो।पतंन्जलि योग समितिमा योग प्रशिक्षकका रूपमा रहि लामो समयसम्म योग जागरण अभियानमा लाग्नु भएका शाहुले यश क्षेत्रको शैक्षिक सुधारका लागि एउटा असल शिक्षकका रूपमा आफुलाई स्थापित गर्दै लामो समयसम्म झलारिकै कुष्ण माध्यमिक विधालयमा अध्यापन गर्दै लाखौंलाख विद्यार्थीको भविष्य उज्ज्वल वनाउन दिनरात लागिपरेका उनको योगदान अतुलनीय रहेको उनका शिष्य समाजसेवी पुर्व वडा अध्यक्ष तेज वहादुर शाहले वताए।पतंन्जलि योग समिति शुक्लाफाँटाका अध्यक्ष केशव दत्त अवस्थिले सामाजिक व्यक्तित्व योग प्रशिक्षक कुशल शिक्षक स्व।शाहुसर को असामयिक निधनले योग समिति यश क्षेत्रमै अपुरणिय क्षति हुन पुगेको छ।अब वहाँलाई सम्झिराख्न वहाँले गरेका असल कार्यको अनुसरण गर्न सके वहाँप्रती सच्चा श्रद्धाञ्जली हुनेछ।आज वहाँलाई सम्झिनकै लागि केही समय योग साधना गरिएको र केही समय मौन धारणा गरि दिवंगत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको अध्यक्ष अवस्थिले वताए।कार्यक्रममा युवा योग प्रभारी केशव राज पनेरू,मिडिया प्रभारी जय वहादुर ऐर,महिला योग प्रभारी धनेश्वरि भट्ट,योग साधक नर वहादुर सिंह,केशव वहादुर ऐर,राजमति ऐर लगायत योग साधकको उपस्थिति रहेको थियो।
