Mantra
Mantra offer

कञ्चनपुरमा दम्पती हत्या प्रकरणः तीन जना पक्राउ, शव धनगढी लगीयो

AD offer
JK

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या प्रकरणको अनुसन्धान जारी छ। मृत अवस्थामा भेटिएका बडायक दम्पती घटनामा संलग्न रहेको आंशकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका डीएसपी हेमबहादुर शाहीले बताएका छन्। उनका अनुसार सो घटनामा संलग्न रहेको आंशकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। तर नियन्त्रणमा लिएका व्यक्तिको नाम भने खुलाइएको छैन्।

mantra Hospital

शुक्रबार बिहानैदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले तीन दर्जन बढी व्यक्तिसँग सोधपुछ गरिसकेको छ। बडायक दम्पतीको शव भने पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगीएको छ । घटनाको सुक्ष्म अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ।

Mantra

प्रदेश प्रहरी कार्यालय धनगढीबाट दम्पती घटनाको सुक्ष्म अध्ययन गर्न कुकुरसहित प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको हो। यसका साथै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गरिरहेको छ। शुक्रबार बिहान रमेश बडायक घरको आँगन र कमला घरभित्रै ओछ्यानमै मृत फेला परेका थिए। विहिबार राति उनीहरूको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार बिनबारीका रमेश बडायक र उनकी श्रीमती कमला बडायकको प्रारम्भिक घटनाको विवरण हेर्दा हत्या नै गरिएको खुल्न आएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...