Mantra
Mayametro Hospital

कञ्चनपुरको शुक्लाफाटामा सुधार गृह स्थापना- दुर्व्यसनीलाई पुनर्जीवन दिँदै

AD offer
JK

झलारी: कञ्चनपुरको मध्य भाग झलारीमा नयाँ गन्तब्य नेपालले सुधार गृह स्थापना गरेको छ । नयाँ गन्तब्य नेपालका संचालक गोकर्ण देब अवस्थीका अनुशार दुर्व्यसनमा फसेका युवाहरुलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्य लिई स्थापना गरीएको हो । ‘अपराध बढ्नुका विभिन्न कारणमध्ये एउटा कारण लागुऔषध पनि हो। जब मान्छे दुव्र्यसनमा फस्छ, त्यसपछि दुर्व्यसनसँगै जोडिएर आर्थिक तथा सामाजिक अपराध हुन्छन्। अपराधको न्यूनीकरण र देशको सामाजिक तथा आर्थिक अवस्थामा सुधारको उद्देश्यसहित सुधार केन्द्र स्थापना गरीएको हो ।

 

mantra Hospital

गाँजा खाएर लठ्ठिएका युवा हुन् वा मदिरा सेवनले थर्थर कामेका ब्यक्ति, सिरिन्ज, ट्याबलेट, एम्पुल, ह्वाइट, ब्राउन सुगर होस् वा अन्य कुनै प्रकारका ड्रग्स यस्ता अनेकौं प्रकारका लागुऔषधको दुर्व्यसनमा फसेका व्यक्तिको पुनर्जीवनको लागी नयाँ गन्तब्य नेपालले सुधार केन्द्र संचालनमा ल्याएकाहौं। अवस्थीका अनुशार आफ्नो घर परिवार एवम छरछिमेकमा लागूऔषध प्रयोगकर्ता भए ढिला नगरी सुधार केन्द्रमा सम्पर्क गर्न, लागूऔषध सम्बन्धी समस्यहरुमा कुनै कुरा नलुकाई खुलेर कुरा राख्न, लागूऔषधको समस्या र यसका समाधानका उपायहरु सम्बन्धमा आफूलाई जानकारी भएका कुराहरु अरुलाई समेत जानकारी गराउनु हुन र अन्तमा रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बेश लागूऔषधको रोग लाग्न नदिने प्रयासमा सल्लाह र सुझाव प्रस्तुत गरीदिई सहयोग पुर्याईदिन हुन समेत उहाले अपिल गर्नु भएको छ ।

Mantra

लागूऔषध प्रयोगकर्तामा मनोवल र आत्मबल अभिवृद्धि गरी लागू पदार्थ प्रति वितृष्णा उत्पन्न गराउने, लागू पदार्थको नकारात्मक असर बारे जनजागरण कार्यक्रम संचालन गरी लागूऔषध प्रयोगकर्ताको कारणबाट उत्पिडित समाजलाई राहत दिलाउने, लागूऔषध प्रयोगकर्ताको कारणबाट हुने अपराधिक क्रियाकलापमा कमि ल्याई लागू औषधको ओसार पसार, सेवन र नियन्त्रण कार्यमा सहयोग गर्ने, लागूऔषध प्रयोगकर्ताहरूलाई उपचार गरि परिवार र समाजमा पुनःस्थापना गर्ने ,सीप मूलक कार्यमा सहभागि गराई स्वावलम्बी बन्न सिकाउने, लागू औषध प्रयोगबाट श्रृजना हुने रोगहरूवारे सजग गराउने र अकाल मृत्युबाट बचाउने उद्येश्यका साथ नयाँ गन्तब्य नेपालले सुधार केन्द्र संचालनमा ल्याएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...