

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा रहेको एक निजि अस्पतालले समाजिक कार्यमा सक्रिय भुमिका निर्वाह गरी रहेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. ले दशैं तिहारको अवसरमा अस्पताल बाहिर हेल्प डेक्स चलाएर सेवा दिई रहेको हो । नेपाल भारत सिमानाका गड्डाचौकीमा, महेन्द्रनगर खुल्ला मञ्चको मेलामा, भीमदत्त नगरपालिका–११ गड्डाचौकीको सिद्धनाथ अमर माध्यामिक विद्यालयको प्राङगणमा संचालन भएको दोस्रो मेयर कप डे–नाईट क्रिकेट प्रतियोगितामा मा पनी आफ्नो हेल्प डेक्स सञ्चालनबाट सेवा दिई सकेको छ ।

यस्तै कृष्णपुर नगरपालिका ५ गुलरियाका स्थानीय डम्बर भट्टको गाला (मुख) मा १६ बर्ष अघि मासु पलाएको थियो । नेपाल भारतका चर्चित अस्पतालमा उपचारका लागि गएपनि त्यहा निको नभएपछि डा. रचित पोखरेलले सफल उपचार गरेको भट्टले बताए । विगत डेढ बर्षदेखि कार्यरत नाक,नाक,घाटी विशेषज्ञ डा. रचित पोखरेलले यस्ता जटिल विरामीहरुको सफल उपचार गरिरहेका छन । नयाँ दिल्ली स्थित एम्स मेडिकल कलेजबाट अध्ययन गरेर झापाको बिएनसी, काठमाण्डौँको स्टार अस्पताल सहितका अस्पतालमा काम गरेका डा. पोखरेल अहिले मन्त्र अस्पतालमा छन ।

मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. का निर्देशक डा. गोबिन्द रोकायाले यस क्षेत्रको बिरामीको समस्या मध्यनजर गर्दैे गुणस्तरिय सेवा प्रदान गर्दै आएको बताउनुका साथै समाजिक सेवामा पनि सक्रियता कायम राख्ने बताएका छन ।
