


बैतडी: बैतडीमा ट्याक्टर दुर्घटनामा भएको छ । शुक्रबार अप्रान्ह करिब पौने ५ बजेको समयमा जिल्लाको हरिचन–रौलेश्वर ग्रामिण कृषि सडक अन्तरगत पर्ने पाटन नगरपालिका–९को धारापनी खोलामा सु प प्र ०१००२ त ५५९१ नम्बरको ट्याक्टर दुर्घटना भएको खोडपे प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक उदयसिंह खडायतले जानकारी दिए ।
दुर्घटनामा परी सुर्नया गाउँपालिका ६ घर भएका चालक अन्दाजी ३० वर्षीय गोविन्द कुवँर सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि डडेल्धुरा लगिएको प्रहरी सहायक निरक्षिक कठायतले जानकारी दिए । ट्याक्टरमा चालक मात्रै रहेको बुझिएको छ ।पाटन नगरपालिका–९को धारापानी गाउँमा मलामीहरुलाई घर पुर्याएर खोड्पेतर्फ आउने क्रममा दुर्घटनामा परेको बताइएको छ ।
ट्याक्टर सडकबाट करिब २५ मिटर तल परेको छ । दुर्घटनाको कारण खुलेको छैन ।
