Mantra
Mayametro Hospital

सुदूरपश्चिमका २ जिल्ला सहित १७ जिल्लामा सीडीओ फेरिए

AD offer
JK

कञ्चनपुर: सुदूरपश्चिमका २ जिल्लामा नयाँ सिडिओ पठाइएका छन्। शुक्रवार गृहमन्त्रालयले २ जिल्लामा नयाँ सिडिओ पठाएको हो। जसमा जिल्ला प्रशासन कार्यालय बैतडी र डोटी रहेका छन्। अहिले डोटीमा कार्यरत गोपाल प्रसाद अर्यालको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ भने अर्का मोहनराज जोशीलाई डोटी सरुवा गरि पठाइएको छ। उनी इलाका प्रशासन कार्यालय बुटवलमा कार्यरत थिए।

यस्तै उता दिर्घराज उपाध्यायलाई गृहमन्त्रालयबाट बैतडी पठाइएको छ। बैतडीबाट सिडिओ भीमकान्त शर्मालाई डोटी सरुवा गरेकोमा कामकाज भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा गर्ने गरि खटाइएको छ।

Mantra
mantra Hospital

गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको हो । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।

हे

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...