Mantra
Mayametro Hospital

दार्चुलाको सीमा प्रशासन कार्यालय खारेज, अध्यागमन खोलिने

AD offer
JK
mantra Hospital

दार्चुला : सरकारले दार्चुलास्थित सीमा प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ। ८ गतेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो।  संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला खारेज गर्ने निर्णय भएको जनाएको छ। साथै, त्यहीँ अब अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर दार्चुला स्थापना गर्न संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने पनि निर्णय गरिएको छ।

यस अगाडि गृहमन्त्री रमेश लेखकले दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको बताएका थिए। जसअनुसार दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले अध्यागमन कार्यालय खोल्न लागेको जनाएको छ। सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउनमा सो कार्यालयले मदत गर्ने विश्वास लिइएको छ। जहाँ चीन र भारतलाई जोड्नका लागि सडक निर्माण पनि गर्ने तयारी छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...