Mantra
Mayametro Hospital

रुडुक संस्थाकी महासचिव ज्योत्सना सावदको पहलमा १८ वर्षमुनीका १४ जना बालबालिकाहरुलाई व्हिलचियर सहयोग

AD offer
JK

झलारी : शुक्लाफाँटा नगरपालिका र वेदकोट नगरपालिकामा रहेका १८ वर्षमुनीका १४ जना बालबालिकाहरुलाई व्हिलचियर सहयोग गरिएको हो । पूर्व परराष्ट्र मन्त्री एनपी सावदकी धर्म पत्नी एवम रुडुक संस्थाका महासचिव ज्योत्सना सावदले उक्त व्हिल चियरहरु प्रदान गर्नु भएको हो ।

१८ वर्षभन्दा मुनी पूर्ण रुपमा अशक्त अवस्थामा रहेका बालबालिकाहरुलाई मंगलवार नेपाली काँग्रेसको १०० दिने विशेष अभियान तथा सम्मान कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । प्रदेश आर्थिक मामिला मन्त्री बहादुर थापा, नेपाली काँग्रेस केन्द्रीय सदस्य कञ्चनपुर जिल्लाको केन्द्रीय प्रतिनिधि नृप ओड, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा उपप्रमुख तुलसी जोशी कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमरा ओझा, लगायतको उपश्थितीमा उक्त व्हिल चियरहरु सहयोग गरिएको थियो ।

Mantra
mantra Hospital

वेदकोट नगरपालिका २ जडेपानीकी रिनाकुमार रानाले आफनो ३ वर्षकी छोरीको लागी व्हिलचियर सहयोग गरेकामा सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ । छोरीलाई जन्मेको ३ दिनमा विरामी भएपछि ६ दिन एनआईसियुमा राखेर उपचार गरिएपनि अहिले उसको शरिर नचल्लने भएको बताउनु भयो । यो व्हिलचियर  धेरै राहत र सजिलो हुने बताउनु भयो ।

‘अब हिडाँउन बसाउन पनि सजिलो हुनेछ बोकी राख्नु पर्दैन, यही व्हिलचियरमा राखेर घुमाउन पनि सजिलो हुने भयो’ उहाँले भन्नु भयो । ‘धन्यवाद जस्ले पनि यो व्हिलचियर दिनु भयो’ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...