Mantra
Mayametro Hospital

इजरायली आक्रमणमा हमासका प्रमुख मारिएको पुष्टि

AD offer
JK

जेरुसेलम: हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि बुधबार इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

Mantra

आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार रहेको जनाएको छ । सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ। सो आक्रमणका क्रममा करिब ११३९ मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो।

mantra Hospital

सिनवार पछिल्लो दशकयता हमासको शीर्षस्थ नेतृत्वमा रहेर काम गर्दै आएका छन् । इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेताकोरुपमा चयन गरेको थियो । सन् २०२३ अक्टोबर ७ देखि हमास इजरायली सेनासँग लड्दै आएको छ ।

यो एक वर्षको अवधिमा हमास निकै कमजोर भइसकेको छ भने समूहका प्रमुख सिनवार समेत मारिएपछि हमासलाई झट्का लागेको छ । इजरायली विदेशमन्त्री इजरायल काट्जले इजरायली सेनाको आक्रमणमा परी सिनवार मारिएको पुष्टि गरे । उनले यसलाई महत्वपूर्ण शैन्य उपलब्धिकोरुपमा समेत व्याख्या गरेका छन् ।

सिनवार पहिलोपटक सन् २०१३ मा हमासको पोलिटब्युरोमा निर्वाचित भएका थिए। त्यसको चार वर्षपछि उनी गाजा क्षेत्रको नेता भए। समयक्रममा हमासभित्र सिनवारको प्रभाव र कद बढ्दै जाँदा उनी हमासको प्रमुख समेत भए । त्यसयता उनी इजरायली सुरक्षा अधिकारीको निसानामा थिए ।

हमासको राजनीतिक प्रमुख भएपनि सिनवारले गाजा क्षेत्रका सुरुङबाट काम गरिरहेका थिए ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...