Mantra
Mayametro Hospital

अमेरिकाविरुद्ध नेपालको मध्यम सुरुवात

AD offer
JK

काठमाडौं: नेपालले पहिलो टी२० आई खेलमा घरेलु टोली अमेरिकाविरुद्ध मध्यम सुरुवात गरेको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ५० रन बनाएको छ । आसिफ शेख १५ बलमा २ चौकासहित १४ र कुशल भुर्तेल २ रनमा क्रिजमा छन् ।

mantra Hospital

नेपाललाई ओपनर अनिल साह र आसिफ शेखले ५.३ ओभरमा ४८ रनको साझेदारी गराएका थिए । अनिल १८ बलमा २ चौका र १ छक्कासहित २७ रनमा एलबीडब्लू आउट भए । उनी लेगस्टम्पको बलमा मिस भएपछि अम्पायरले आउट दिएका थिए ।

Mantra

नेपाली टिममा खेलाडीहरु रोहित पौडेल कप्तान, आसिफ शेख, अनिल साह, आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्सन झा, सागर ढकाल, रिजन ढकाल र करण केसी रहेका छन ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...