Mantra
Mantra offer

कैलालीमा १८ लाख मुल्यको अबैध सामान जफत, गाडी छोडेर चालक फरार

AD offer
JK

धनगढीः कैलालीमा १८ लाख मुल्यको अबैध सामान प्रहरीले जफत गरेको छ। आज विहिबार जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले सो मुल्यको अबैध सामान नियन्त्रणमा लिएको हो। जिल्लाका विभिन्न स्थानबाट गरेर १८ लाख २४ हजार २४० मुल्यको अबैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले बताए।

mantra Hospital

 

Mantra

कैलारी गाउँपालिका–८ लौसास्थित जंगलमा सुदूरपश्चिम प्रदेश ०१००१ च ३९५७ नम्बरको पिकअप गाडीलाई रोक्न खोज्दा गाडी चालक भागेका थिए। सो गाडीमा करिब १६ लाख ८४ हजार ५ सय मुल्यको ४१ बोरा चिनी र सुदूरपश्चिम प्रदेश ०१००१ च ३९५७ नम्बरको पिकअप गाडी, टीकापुर नगरपालिका–८ र वडा नम्बर ९ बाट करिब ६८ हजार ९४० मुल्यको प्लाष्टिक, चिनि, केराउ, चकलेट र सुर्तिजन्य पदार्थ, धनगढी उपमहानगरपालिका–१५ उर्मीबाट करिब १९ हजार ७ सय मुल्यको चिनि र सुर्तिजन्य पदार्थ र भजनी नगरपालिका–५ कब्खेडा घाटबाट करिब करिब ५१ हजार एक सय मुल्यको अबैध आलु, विद्युतीय मोटर र प्लाष्टिक जाली बरामद गरिएको प्रवक्ता बोहराले बताए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...