Mantra
Mayametro Hospital

६९ औँ प्रहरी दिवसको अवसरमा सुदूरपश्चिममा १४ प्रहरीलाई पुरस्कृत

AD offer
JK

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा कार्य सम्पादन मूल्यांकनका आधारमा १४ जना प्रहरीलाई पुरस्कृत गरिएको छ। ६९ औँ प्रहरी दिवसको अवसरमा बुधबार आयोजित औपचारिक समारोहमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर थापासहितका १० प्रहरीलाई पुरस्कृत गरिएको हो। यस्तै अन्य ४ जनालाई भने विभिन्न जिल्ला प्रहरी कार्यालयबाट सम्मान प्रदान गरिएको छ।

mantra Hospital

आज आयोजित कार्यक्रममा भने डीएसपी थापालाई नगद राशिसहित सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पुरस्कृत गरे। डिएसपी थापाले इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखको रुपमा अपराध अनुसन्धान तथा लागुऔषध नियन्त्रणमा उल्लेखनीय कार्य गरेकाले पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Mantra

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक गंगाबहादुर सारु, प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक डबलबहादुर साउँद, प्रहरी सहायक निरीक्षक गंगबहादुर थापा, प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्रबहादुर चन्द, प्रहरी सहायक हवल्दार राजेन्द्र विष्टलाई पनि पुरस्कृत गरिएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक हवल्दार देवराममोर कामी, नरेन्द्रबहादुर बम, प्रहरी जवान हेमराज विष्ट र सुस्मिताकुमारी रोकायालाई पनि पुरस्कृत गरिएको छ। कार्यसम्पादन मूल्यांकनका आधारमा सर्वोकृष्ट तथा उत्कृष्ट कार्य गरे वापत प्रहरी अधिकृत तथा कर्मचारीलाई सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...