Mantra
Mayametro Hospital

डडेल्धुरा बस दुर्घटना अपडेटः ४ जनाको मृत्यु, १२ जना घाइते

AD offer
JK

डडेल्धुरा: डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जना मृतक र १२ जना घाइतेको विवरण खुलेको छ। उक्त दुर्घटनामा परी २ दिनको नाबालकको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए। मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–३ बस्ने २ दिनको नाबालक रहेको प्रहरी निरीक्षक बमले जानकारी दिए। नाबालक २० वर्षीया कमला बोहराको छोरा रहेको र कमलाको पनि मृत्यु भइसकेको बमले जनाकारी दिए।

अन्य मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–३ बस्ने ४५ वर्षीया जैमती बोहरा र सोही ठाउँका सहदेव बोहरा रहेका छन्। दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बमले बताए। यस्तै घाइते हुनेमा बस चालक पुर्चौडी नगरपालिका–८ बस्ने २४ वर्षीय बिरेन्द्र बोहरा रहेका छन्।

Mantra
mantra Hospital

बोहाराको दुबै आँखा, मुख, टाउको, दाहिने खुट्टामा चोट लागेको छ। उनको अवस्था सिरियस रहेको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ बस्ने २१ वर्षीय मुकुन्द बोहरा घाईते भएका छन्। यी दुबै जनालाई थप उपचारको लागि धनगढी ल्याइएको छ।

अन्य घाइते हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–७ बस्ने २४ वर्षीय नवराज साउँद, पुर्चौडी नगरपालिका–६ बस्ने २४ वर्षीय राजेन्द्र साउद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने ६५ वर्षीया धनमति साउँद, पुर्चौडी नगरपालिका–८ बस्ने ४२ वर्षीय पदमबहादुर बोहरा, पुर्चौडी नगरपालिका–७ बस्ने २८ वर्षीय नवराज सिंह रतुकी, सोही ठाउँका २० वर्षीय सुरेन्द्र रतुकी, पुर्चौडी नगरपालिका–१० बस्ने ४० वर्षीय दामोदर महरा, पुर्चौडी नगरपालिका–१० बस्ने २६ वर्षीय धनबहादुर महरा, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बस्ने २५ वर्षीय दिनेश साँउद र दार्चुलाको मार्मा गाउँपालिका–५ बस्ने ३५ वर्षीया बिमला महता घाईते भएका छन्। यी १० जना घाईतेहरुकोे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना स्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल समेतको टोली परिचालित रहेको छ। महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखान स्थित महेन्द्रनगरबाट बैतडी पुर्चौडि तर्फ जाँदै गरेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटना भएको छ। बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...