Mantra
Mayametro Hospital

सुदूरपश्चिममा २११ छात्रा जबरजस्ती करणीको सिकार, साथीबाटै बढी पीडित

AD offer
JK

धनगढीः सुदूरपश्चिम प्रदेशमा २ सय ११ छात्रा जबरजस्ती करणीको सिकार बन्न पुगेका छन्। आर्थिक वर्ष २०७७र७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म मात्र सुदूरपश्चिममा २ सय ११ छात्रा जबरजस्ती करणीको सिकार बन्न पुगेको पाइएको छ। छात्रा जबरजस्ती करणीमा संलग्न रहेको भन्दै ७६ जना विरुद्ध मुद्दा नै दायर गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्यांक अनुसार सो अवधिमा विभिन्न व्यापारमा संलग्न २४ महिला समेत जबरजस्ती करणीमा परेका छन्।

व्यापार व्यवसायमा आवद्ध तर जबरजस्ती करणीमा परेका ती महिलाहरुले १६ जना विरुद्ध प्रहरीमा निवेदन नै दर्ता गरेको पाइएको छ। यस्तै ७ महिला कर्मचारी समेत जबरजस्ती करणीमा परेको पाइएको छ। पीडित महिला कर्मचारीको तर्फबाट २२ जना विरुद्ध प्रहरीमा उजुरी परेको छ।

Mantra
mantra Hospital

सो अवधिमा सबैभन्दा बढी कृषि पेशामा आवद्ध महिला जबरजस्ती करणीको सिकार बनेको पाइएको छ। प्रहरीको तथ्यांक अनुसार तीन वर्षको अवधिमा कृषि पेशामा आबद्ध २ सय ३७ महिला जबरजस्ती करणीको सिकार बनेका छन्। यसका साथै ज्यालामजदुरी गर्ने महिला समेत जबरजस्ती करणीमा परेका छन्। सो अवधिसम्म एक सय ४० ज्याला–मजदुरी गर्ने महिला यस्तो कार्यबाट पीडित बन्न पुगेको पाइएको छ।

साथै कुनै रोजगारी नै नभएका थप ५४ महिला पनि जबरजस्ती करणीको सिकार बन्न पुगेको प्रहरीको तथ्यांक छ। सबैभन्दा बढी साथीभाइबाट ४५ दशमलव ६५, छिमेकीबाट २८ दशमलव ९८, आफन्तबाट १५ दशमलव शून्य ८ र अपरिचित व्यक्तिबाट १० दशमलव २९ प्रतिशत महिला जबरजस्ती करणीको सिकार बन्न पुगेको प्रहरीले गरेको अध्ययनबाट खुलेको छ।

जबरजस्ती करणी सबैभन्दा बढी रातिको समयमा ६३ दशमलव ४६, दिउँसोको समयमा २५ दशमलव ८४ र १० दशमलव ७० प्रतिशत जबरजस्ती करणीको घटना विहानको समयमा घटेको समेत पाइएको छ। १८ देखि ४० वर्ष उमेर समुहका महिला सबैभन्दा बढी जबरजस्ती करणीको सिकार बन्न पुगेको समेत प्रहरीको अध्ययनबाट देखिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...