


कञ्चनपुरः कञ्चनपुरको बेलौरीमा हात्तीको बथान बस्तीभित्र पस्न थालेपछि स्थानीयमा त्रास बढेको छ। बेलौरी–लालझाडी क्षेत्रमा केहीदिनदेखि हात्तीको बथान देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको हो। असोज १३ गते राति हात्तीको आक्रमणबाट लालझाडी गाउँपालिका–४ का ५० वर्षीय रामदल राना र असोज २२ गते राति बेलौरी–६ का २२ वर्षीय उमेश चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।
बेलौरीमा हाल स्थानीयलाई घुमफिर, मेलापात र राति हिँडडुल गर्न समस्या भएको छ। अहिले बेलौरी नगरपालिका–५ को जङ्गल छेउका मानव वस्तीहरूमा जङ्गली हात्तीको बथानले बालीनाली नोक्सान गर्ने, घरहरू भत्काउने लगायत गतिविधि गरिरहेको स्थानीय जयकिसन चौधरीले बताए।
