Mantra
Mayametro Hospital

बझाङमा नेपाल टेलिकमको टावरमा तोडफोड

AD offer
JK
mantra Hospital

बझाङः बझाङको खप्तडछान्ना गाउँपालिका–४ मा रहेको नेपाल टेलिकम (एनटीसी) को टावरमा तोडफोड गरिएको छ। अज्ञात समूहले टावरमा क्षति पुगाएपछि एक हप्तादेखि सञ्चार सेवा प्रभावित बन्न पुगेको छ। खत्रीवाडा माझीगाउँमा रहेको टेलिकमको टावरमा प्रयोग भएका ब्याट्री, तार, सोलार प्यानल लगायतका विद्युतीय उपकरणमा अज्ञात समूहले असोज २३ गते क्षति पुगाएको थियो। रिपिटर टावरमा तोडफोडपछि खप्तडछान्ना गाउँपालिका र आसपासका स्थानीय मोबाइल, टेलिफोन र इन्टरनेट सेवाबाट बञ्चित बन्न पुगेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले टेलिकमको टावरमा क्षति पुगाउनेको पहिचान नभएको बताए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...