Mantra
Mayametro Hospital

अत्तरियाबाट ५४५ ग्राम चरेससहित ५९ वर्षीय कारोबारी पक्राउ

AD offer
JK
mantra Hospital

धनगढी : कैलालीको अत्तरियाबाट ५४५ ग्राम चरेससहित ५९ वर्षीय कारोबारी पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरका ५९ वर्षीय सहदेव भण्डारी चरेससहित पक्राउ परेका हुन। इलाका प्रहरी कार्यालय, मालाखेतीले चरेसको कारोबार हुने गरेको सूचनापछि भण्डारीलाई पक्राउ गरेको हो। प्रहरीले सोमवार साँझ साढे ६ बजे भण्डारीलाई चरेससहित पक्राउ गरेको हो। उनले घरको पूर्व तिरको कोठामा बाकस भित्र चरेस लुकाएका थिए। उनको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...