Mantra
Mayametro Hospital

कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जना घाइते

AD offer
JK

धनगढीः कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा परेर ४ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार सोमबार घोडाघोडी नगरपालिका–१ मा मोटरसाइकलले ठक्कर दिँदा एक ३५ वर्षीय पैदलयात्री घाइते भएका छन्। उनको सियस अस्पताल सुखडमा उपचार भइरहेको छ। यस्तै भजनी नगरपालिका–७ मा सुदूरपश्चिम प्रदेश ०१००१ स ४४०१ नम्बरको अटोले ठक्कर दिँदा ७२ वर्षीय एक पुरुष घाइते भएका छन्।

mantra Hospital

घाइतेको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। टीकापुर नगरपालिका–१ घियापुछरीमा से ४ प ७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा ३२ वर्षीय एक जना घाइते भएका छन्। घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

Mantra

यता गोदावरी नगरपालिका–१ धनगढी रोडमा २८७७ नम्बरको पिकअप भ्यानले से ६ प ६३६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ४१ वर्षीय एक पुरुष घाइते भएका छन्। घाइतेको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...