Mantra
Mantra offer

सुदूरपश्चिममा २६९ पुरुषले गरे सुटुक्क दोस्रो विवाह

AD offer
JK

धनगढीः सुदूरपश्चिममा दोस्रो विवाह गर्ने पुरुषको संख्या बढ्न थालेको छ। घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्नेको संख्या सुदूरपश्चिममा बढ्न थालेको हो। श्रीमानले दोस्रो विवाह गरेको भन्दै प्रहरीमा उजुरी दिने पीडित महिलाको संख्या बढेको छ। २०७७ देखि २०७९ सम्म मात्र सुदूरपश्चिममा २६९ पुरुषले घरकी श्रीमतीलाई जानकारी नगराएर सुटुक्क दोस्रो विवाह गरेको पाइएको छ।

mantra Hospital

श्रीमानले दोस्रो विवाह गरेको जानकारी घरकी श्रीमतीले थाहा पाएपछि दोस्रो विवाह गर्ने श्रीमान विरुद्ध प्रहरीमा उजुरी गर्नेको संख्या बढ्न थालेको हो। सबैभन्दा बढी २०७७ सालमा एक सय ७ जना पुरुषले घरमा श्रीमती हुुँदाहुँदै अर्को विवाह गरेको पाइएको छ। २०७८ सालमा पनि थप ८२ पुरुषले दोस्रो विवाह गरेको भन्दै पीडित महिलाले कारबाहीको माग गर्दै प्रहरीमा निवेदन नै दर्ता गराएका थिए।

Mantra

प्रदेशभित्र बहुविवाह गर्ने क्रम अहिले पनि जारी नै छ। २०७९ सालमा मात्र थप ८० जना पुरुषले दोस्रो विवाह गरेका छन्। श्रीमानले दोस्रो विवाह गरेका महिलाहरुको अवस्था नाजुक बन्दै गएको छ। मुलुकी अपराध ९संहिता० २०७४ मा विवाहित पुरुष वा महिलालाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ। यदि विवाह गरे त्यस्तो विवाह स्वतः बदर हुने व्यवस्था ऐनमा छ।

मुलुकी देवानी संहिता ऐन २०७४ मा महिला र पुरुष दुवैको विवाह सम्बन्ध कायम नरहेको अवस्थामा मात्र विवाह हुन सक्ने व्यवस्था छ। विवाहित पुरुषले आफ्नी पत्नी कानुनबमोजिम अंशबन्डा गरी भिन्न भएको अवस्थामा मात्र अर्को विवाह गर्न पाउँछ। यसलाई ख्याल नराखी बहुविवाह गर्ने पुरुष र विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...