Mantra
Mayametro Hospital

घरमा कोही नभएको मौका छोपेर धनगढीका तीन घरमा चोरी

AD offer
JK

धनगढीः कैलालीको धनगढीमा तीनवटा घरमा चोरी गरिएको छ। घरमा कोही नभएको मौका छोपेर धनगढीका तीन घरमा चोरी गरिएको हो।
दशैंको समयमा एकैदित तीन घरमा चोरी भएको प्रहरीले बताएको छ। धनगढी उपमहानगरपालिका–३ स्थित फिस रिसोर्ट नजिकै शिवलाल अर्यालको घरमा चोरी भएको छ। उनी दशैंको टीका लगाउन पुनर्वास गएको अवस्थामा घरभित्रको दराज फोडेर करिब ७० हजार रुपैयाँ चोरी गरिएको छ।

mantra Hospital

चोरी भएको विषय हिजो ९आइतबार० १ बजे मात्र घरधनीले प्रहरीले खबर गरेका थिए। सोही स्थानमा रहेको अर्को घरमा पनि चोरी गरिएको छ। कल्पना विकको घरमा चोरी भएको खबर प्रहरीले प्राप्त गरेको छ। उनी टीका लगाउन माइती घर झलारी गएको अवस्थामा मुल घरको ढोकाको ताल्ता तोडेर घरभित्र रहेको तीन तोला सुन चोरी भएको भन्दै विकले प्रहरीले जानकारी गराएकी छन्।

Mantra

यस्तै धनगढी उपमहानगरपालिका–१३ नवदुर्गा टोलको एक घरमा पनि चोरी भएको छ। टेकेन्द्रबहादुर कुँवरको घरबाट २१ हजार रुपैयाँ चोरी भएको छ। आइतबार यी तीनवटै घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले बताए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...