Mantra
Mayametro Hospital

गौरीफन्टा नाका हुँदै आठ दिनमा ८ हजार २ सय जना सुदूरपश्चिम भित्रिए

AD offer
JK

धनगढीः कैलालीको त्रिनगर–गौरीफन्टा सीमा नाका हुँदै दैनिक एक हजार नेपाली स्वदेश फर्किरहेका छन्। भारतका विभिन्न सहरहरुमा कामको खोजीमा गएका उनीहरु दशैँका लागि स्वदेश फर्किएका हुन्। गौरीफन्टा सीमा नाका हुँदै दैनिक एक हजार नेपालीहरु स्वदेश फर्किएका छन्। गौरीगन्टा हुँदै ८ दिनको अवधिमा आठ हजार दुई सय १८ जना सुदूरपश्चिम भित्रिएका छन्। दशैँको फूलपातीको दिनसम्म पनि गौरीफन्टा सीमा हुँदै स्वदेश फर्किनेहरुको भिड छ।

महान चाड दशैँका लागि भारतका विभिन्न सहरहरुबाट फर्किनेहरुको सीमा क्षेत्रमा विहिवारसम्म भिड लागेको हो। दशैँ मनाउन भारतबाट फर्कने नेपालीहरुको बिहिवार पनि सीमा क्षेत्रमा भिड देखिएको हो। कैलालीको त्रिनगर–गौरीफन्टा सीमा हुँदै दैनिक एक हजारको सङ्ख्यामा नेपालीहरु स्वदेश फर्किका छन्। दशैँको तीन दिन मात्र बाँकी रहदा पनि गौरीफन्टा हुँदै आठ सय २० जना नेपालीहरु फर्किएका छन।

Mantra
mantra Hospital

बिहिवार गौरीफन्टा सीमा नाका हुँदै चार सय ८० पुरुष, २३० महिला र ११० बालबालिका गरेर आठ सय २० जना स्वदेस फर्किएका हुन्। सुदूरपश्चिम प्रदेशका अधिकांश नागरिक रोजगारीका लागि भारत जाने गरेका छन्। अहिले दसैँ, तिहार मनाउन उनीहरु धमाधम घर फर्किदै छन्।

गौरीफन्टा नाका भएर आठ सय २० जना बिहिवार स्वदेश फर्किएका हुन। भारतको सिम्ला, पुने, मुम्बई, सुरतलगायतका ठाउँबाट फर्कनेको बिहिवार बिहानैदेखि सीमा नाकामा भिड लागेको थियो। आठ दिनको अवधिमा गौरीफन्टाबाट मात्र आठ हजार २ सय १८ जना सुदूरपश्चिम पुगेका छन्।

सीमा क्षेत्रको सहायता कक्षले संकलन गरेको तथ्यांक अनुसार असोज १७ गते ८३६, असोज १८ गते एक हजार ६, असोज १९ गते सात सय, असोज २० गते एक हजार ६३९, असोज २१ गते एक हजार ४२४ जना स्वदेश फर्किएका छन्। यस्तै, असोज २२ गते ९४३, असोज २३ गते ८५० र असोज २४ गते ८२० जना स्वदेश फर्किका हुन्।

भारतका विभिन्न सहरहरुबाट आठ दिनको अवधिमा पाँच हजार चार सय ३१ पुरुष, एक हजार ९ सय ११ महिला र आठ सय ७७ बालबालिका स्वदेश फर्किएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अधिकांश किसान रोपाइपछि भारतको विभिन्न ठाउँमा स्याउ टिप्नका लागि जाने गरेका छन्। छोटो अवधिका लागि काम गर्न गएका उनीहरू दसैँ, तिहार मनाउन घर फर्कने गरेका हुन्। यसैगरी, वर्ष दिन उतै बिताएकाहरू पनि चाडपर्व मनाउन फर्किरहेका छन्। रोपाइँपछि गाउँघरमा खासै काम नहुने भएकाले चाडपर्वको लागि उनीहरु भारत जाने गरेका छन्।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...