Mantra
Mantra offer

कैलालीमा एकैदिन आठवटा सवारी दुर्घटना, ८ जना घाइते

AD offer
JK

धनगढीः कैलालीमा एकैदिन आठवटा सवारी दुर्घटना भएका छन्। जिल्लाका छुट्टाछुट्टै स्थानमा आठवटा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बर्दगोरिया गाउँपालिका–२ स्थित पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकलबाट खसेर एक १८ वर्षीया महिला घाइते भएकी छन्। उनको बर्दगोरिया अस्पताल प्रालि बौनियमा उपचार भइरहेको छ। यता धनगढी उपमहानगरपालिका–२ त्रिनगरस्थित एउटा अटोले मोटरसाइकललाई ठक्कर दिँदा एक ५२ वर्षीय पुरुष घाइते भएका छन्। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

mantra Hospital

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहमा मोटरसाइकलले साइकलाई ठक्कर दिँदा १२ वर्षीय एक बालक घाइते भएका छन्। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। धनगढी उपमहानगरपालिका–६ मटियारीमा एक मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ११ वर्षीय एक बालक घाइते भएका छन्। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

Mantra

यस्तै घोडाघोडी नगरपालिका–५ डोकेबजारमा ट्रकले ठक्कर दिँदा ५२ वर्षीय एक पुरुष घाइते भएका छन्। उनको सिएस अस्पताल सुखडमा उपचार भइरहेको छ। उता कैलारी गाउँपालिका–८ पृथ्वीपुुरस्थित हसुलियादेखि मसुरियासम्म जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा एक ३५ वर्षीया महिला घाइते भएकी छन्। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

जानकी गाउँपालिका–५ पथरियामा मोटरसाइकलले एक साइकलयात्रीलाई ठक्कर दिँदा ७० वर्षीय एक पुरुष घाइते भएका छन्। उनको टीकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको प्रादेशिक आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनाहरुको विवरण सार्वजनिक गरेको हो।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...