Mantra
Mayametro Hospital

कैलालीबाट अछाम जाँदै गरेको फोर्स गाडी दुर्घटना, १३ जना घाइते

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीबाट अछाम जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको छ। कैलालीबाट अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ख३०४६ नम्बरको फोर्स गाडी अचानक भित्तामा ठोकिँदा करिब २६ जना सवार उक्त गाडीमा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले बताए। मंगलबार साँझ कर्णाली राजमार्गमा भएको दुर्घटनामा ८ जना घाईतेलाई सुर्खेत रेफर गरिएको र ५ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको उनले बताए। घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। दैलेख आठबिस नगरपालिका–४ का २५ वर्षीय रिदम शाही, अछामको ढकारी गाउँपालिका–१२ बस्ने ५० वर्षीया पार्वती शाही र सोही नगरपालिका–८ की ४ वर्षीया नेहा खड्काको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

डिएसपी भण्डारीका अनुसार थप अनुसन्धानको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरीको टोली खटिएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...