Mantra
Mayametro Hospital

कञ्चनपुरमा एक युवक मृत फेला

AD offer
JK

कञ्चनपुर: कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–५ का २२ वर्षीय उमेश चौधरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चौधरीसहित तीनजना स्थानिय मैना टोलमा राति साढे एक बजेसम्म दसैँको नृत्य हेरिरहेका थिए।

mantra Hospital

‘दसैँको नेत्उ हेरेर घर फर्कने क्रममा बन्तरियास्थित जंगलमा हात्तीको आवाज सुनेपछि चौधरी आफैँले चलाएको से ४ प ८६१८ नम्बरको मोटरसाइकल छोडेर भागेका थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले भने, ‘मोटरसाइकलमा सबार २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नविन चौधरी भने स्थानीयको सम्पर्कमा आएका थिए। राति नै उमेश सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरी टोली खटिएको थियो।’

Mantra

डिएसपी जोशीका अनुसार इलाका प्रहरी कार्यालय बेलौरीबाट टोली खटिएकोमा उमेश मंगलबार विहान सात बजे पुष्पलाल स्मृति सामुदायिक वनमा मृत फेला परेका छन्। ‘उमेश मृत फेला परेको स्थानमा हात्तीको दिशा र रुख पनि मडारेको जस्तो देखिएको छ,’ डिएसपी जोशीले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा हात्तीको आक्रमणबाट मृत्यु भएको जस्तो देखिन्छ। थप अनुसन्धान भने जारी छ।’

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...