Mantra
Mayametro Hospital

अत्तरियामा मोटरसाइकल दुर्घटना एकको मृत्यु एक घाइते

AD offer
JK
mantra Hospital

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ मनहरामा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ४० वर्षीय भरत भाटको मृत्यु भएको छ। भाटले चलाएको सु.प.प्र.०१ ००८ प ८९९७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर पल्टिएको थियो। दुर्घटनामा भाटको टाउको, हात र खुट्टामा चोट लागेको थियो भने अवस्था गम्भीर थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलमा सवार १७ वर्षीया अनिशा भाटको हात र खुट्टामा चोट लागी घाइते भएको प्रहरीले जनाएको छ। उनीहरु दुबै जनालाई थप उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा पुगाइएकोमा सोमबार राति भरत भाटको मृत्यु भएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...