Mantra
Mayametro Hospital

एनपीएल : आरिफ र अविनाशले सुदूरपश्चिमबाट खेल्ने

AD offer
JK
mantra Hospital

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन्। आइतबार भएको अक्सनमा सेखलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो। ग्रेड ए मा रहेका शेखलाई किन्न अक्सनमा तीनवटा टिमले बोलकवल गरेका थिए। उनका लागि अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो। तीन टोलीबीचको प्रतिस्पर्धामा शेखलाई उच्चतम मूल्य १५ लाख सुदूरपश्चिमले किनेको हो।

त्यस्तै टी–२० क्रिकेटमा डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अविनाश बोहरा पनि सुदूरपश्चिम बाट खेल्ने भएका छन्। अविनासका लागि सुदूरपश्चिमले १२ लाख खर्च गरेको हो। सुदूरपश्चिम फ्रेन्चाइजीको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी रहेका छन्।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...