


काठमाडौं: असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परि हालसम्म मृत्यु हुनेको संख्या २३९ पुगेको छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार घटनामा १८ जना बेपत्ता छन् भने १७८ जना घाइते भएका छन्। हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।
