Mantra
Mantra offer

डडेल्धुरामा नयाँ डिएसपी श्रेष्ठ हाजीर, भन्छन् – अपराधमा कमी ल्याउन काम गर्नेछु

AD offer
JK

डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले अपराधमा कमी ल्याउने गरी काम गर्ने बताएका छन्। भर्खरै सरुवा भएर आएका डिएसपी श्रेष्ठले शुक्रबार जिल्लास्थित पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन्।

mantra Hospital

‘यहाँ रहँदा अपराधका घटनामा कमी ल्याउने गरी काम गर्नेछु। लागुऔषध तथा साइबर सुरक्षाका बारेमा जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिन्छौँ,’ उनले भने, ‘सबैसँग समन्वय गरेर अगाडि बढ्ने छु।’ यसका साथै उनले जुवातास र लागुऔषध नियन्त्रणमा पनि प्रहरी सक्रिय भएर लाग्ने बताए।

Mantra

प्रहरी नायब उपरीक्ष सुगन्ध श्रेष्ठले चाडपर्वका लागि जिल्लामा साढे तीन सय बढी प्रहरी परिचालन गरिएको जानकारी दिए ।‘चाडपर्वमा हुनसक्ने सम्भावित घटना र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा रणनीति तयार गर्दै लागू गरेका छौं,’ उनले भने, ‘चाडपर्वको समय बढी घटना तथा दुर्घटना हुने गरेका छन् । हामीले त्यो नियन्त्रण गर्ने रणनीति तयार गरेका छौं । त्यसका लागि सामान्य समयको भन्दा थप प्रहरी परिचालन गरेका छौं ।’

उनका अनुसार दसैं–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्ने गरी रणनीति तयार गरिएको छ भने विगतका वर्षमा चाडपर्वको अवधिमा हुने आपराधिक गतिविधिलाई पनि विश्लेषण गरिएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...