

सत्यराज जोशी
सामान्यतया विषादी भन्नाले बाली विरुवा, मानव स्वास्थ्य, पशुपन्छी, निर्माण क्षेत्रमा लाग्ने विभिन्न शत्रुजीवहरूलाई रोक्न, नियन्त्रण गर्न वा व्यवस्थापन गर्न प्रयोग गरिने विषालु पदार्थलाई जनाउँछ।
यदी यी विषालु पदार्थहरूको सही प्रयोग भएन भने मानवस्वास्थ्य, पशुपन्छी, जीवजन्तुका साथै वातावरणमा नराम्रो असर पर्छ। त्यसैले यी विषालु पदार्थहरूको लगातार र नियमित प्रयोगलाई स्वीकार गर्न सकिँदैन।

विषादीहरू मानव शरीरमा छाला, आँखा, मुख र स्वासप्रस्वासको माध्यमबाट शरीर भित्र प्रवेश गर्छन् र तत्कालीन रोगहरू र दीर्घकालीन रोगहरूजस्तै दम, पेट, मुटु र नसा सम्बन्धि रोग निम्त्याउनुको साथै स्मरण शक्ति हराउने, पुरुषमा नपुंगसता र महिलामा बाझोपन ल्याउने गर्भपतनको समस्या, बच्चामा विकृति भएर जन्मने आदि समस्याहरू देखिन्छ।
त्यसैले यस्ता समस्याबाट बच्न यिनीहरूको उत्पादन, प्रयोग, भण्डारणजस्ता आदि कुराहरू गर्दा विशेष सावधानी अपनाउनु जरुरी छ। यदि रासायिनिक विषादीको प्रयोग गर्ने परेको खण्डमा यिनको असरबाट बच्न, ब्यापारी, उपभोक्ता किसान आदि संगलग्न व्यक्तिहरूले अपनाउनु पर्ने सावधानी बारे तल चर्चा गर्दछु,
आयात कर्ता – जीवनाशक विषादी ब्यवस्था ऐन २०७६ र नियमावलीले व्यवस्था गरे अनुरुप प्रभावकारी र सुरक्षित विषादी पञ्जीकरण गराई आयात र बिक्रीवितरण गर्ने र कुनै कारणले फुटेका, चुहिएका पेखिएका विषादीहरूको उचित व्यवस्थापन गर्ने, म्याद नाघेका र म्याद भएका विषादीको तोकिएको मापदण्डअनुसार व्यव्स्थापन गर्ने
संश्लेषण – जीवनाशक विषादी ब्यबस्था ऐन २०७६ र नियमावलीले व्यवस्था गरे अनुरुप आफूले कुन–कुन विषादीहरू संश्लेषण गरि उत्पादन गर्ने हो ति विषादीहरूलाई उत्पादन, भण्डारण र बिक्रीवितरण तोकिएको मापदण्डअनुसार गर्ने
छर्कने व्यक्तिरव्यवसायी – विषादी शरीर भित्र नपस्ने गरि सुरक्षित पहिरन लगाउने, विषादीको लेबल पढ्ने र सुरक्षित लेबलको विषादीको मात्रै प्रयोग गर्ने, विषादी छर्ने उपकरणको अवस्था चेकजाच गर्ने, हावाको गति र बहावटलाई ध्यान दिने, यदी २४ घण्टा भित्र पानि पर्ने सम्भावना भएमा विषादी नछर्ने, विरुवा वा बालीको स्वभावअनुसार छर्ने स्टिकर टासी छर्ने, प्रयोग पश्चात उपकरणहरू सही तरिकाले सफा गरि राख्ने
कृषक – विभिन्न जैविक तथा बानस्पातिक विधिहरू अबलम्बन गर्ने, स्थानीयस्तरमा पाइने स्रोत साधनजस्तै ९विभिन्न जडिबुटी मसलादार बालीहरू० र फरक स्वाद भएका वनस्पतिको प्रयोग गर्ने, यदि विषादी प्रयोग गर्नै पर्ने भएमा विषादी सम्बन्धि जानकारी भएको व्यक्ति वा कृषि प्राविधिको सल्लाह बमोजिम सही विषादी, सही मात्रा, सही समय, सही प्रयोग गर्ने, आवश्यक पहिरन लगाउने, खोल बटा प्याकेट जथाभावी नफाल्ने र पानीको मुहान नजिक विषादीको खोल बट्टा सफा नगर्ने, मौरी तथा परागसेचनमा फाइदा पुर्याउने किराहरूलाई नोक्सानी गर्ने खालका विषादीको प्रयोग नगर्ने, विषादी छरेको सूचना खेतमा राख्ने, खान योग्य हुनका लागि पर्खने अवधि ख्याल गरेर मात्रै बाली टिप्ने
उपभोक्ता – खानेकुरा, हावा, पानीको माध्यमबाट विषादी हाम्रो शरीरमा आउने भएकाले खाने कुराबाट आउने विषादीलाइ कम गर्न देहाय बमोजिमका उपाय अपनाउनुपर्छ, जो विभिन्न अनुसन्धानकर्ताको अनुसन्धानको नतिजामा आधारित छन् स्

१) पानीले धुने – तरकारी वा फलफूललाई भाडोमा डुबाएर धुनुभन्दा धारा वा बग्ने पानीमा ब्रसले कुनाकाप्चा समेत धोएपछि त्यसमा रहेको सम्पर्क विषादी ७० प्रतिशतसम्म कम हुने र ब्याक्टेरिया र फोहर समेत जाने गर्दछ। २ प्रतिशत नुन वा खाने सोडा वा कागती पानीमा तरकारीलाई धोएर प्रेसर कुकरमा पकाएर खादा विषादीको मात्रा ८० प्रतिशतसम्म घट्छ, गोलभेडालाई २ प्रतिशत नुनपानीमा पखालेर पकाउँदा ९९ प्रतिशत विषादीको अवषेश कम हुन्छ । ९एत्तएःऋ०
पानीमा सजिलै घुल्ने दैहिकजस्ता विषादी पानीले पखाल्दा तिनका अवषेश नस्ट हुँदै जान्छन्।
२) बाहिरि पात फाल्ने र बोक्रा ताछ्ने – बन्दा आदि जस्ता तरकारीहरूको बाहिरि पत्ता हटाइ राम्ररी धुदा वा तरकारी, फलफूलका बोक्रा ताछ्दा त्यसमा रहेका सम्पर्क विषादीहरूको मात्रा ४५–९९ प्रतिशतसम्म कम हुँदै जान्छ।
३) धेरै परिकार खाने – दैनिक जसो एउटा मात्र तरकारीको सेवन नगरी फरक–फरक प्रकारका तरकारी फलफूल खाएमा औसत विषादी अवषेशको मात्रा कम हुन आउँछ।
४) शुख्खा बनाउने – राम्रोसँग सफागरी सफा कपडाले पुछी सुख्खा भएपछि मात्रै सेवन गर्ने, खाने सोडामा स्याउलाई १२ मिनेट जति डुबाएर पुछेमा त्यसमा भएका विषादीका अवषेश ९६ प्रतिशत जति नस्ट हुन्छन्।
५) पकाएर खाने – बोक्रा ताछेर पकाउँदा अर्गानोफस्फेट विषादीको मात्रा ३५–६० प्रतिशत र अर्गानोक्लोरिनको मात्रा २० देखि २५ प्रतिशतसम्म कम हुने गर्दछ। ३० मिनेट जति तरकारीलाई उमाल्दा दैहिक विषादीको अवषेश ८०–९० प्रतिशत कम हुने गर्दछ। ओभन वा फुड ड्रायरमा भन्दा घाममा सुकाएको फलफूलमा २०–३० प्रतिशतसम्म विषादी नस्ट हुन जान्छ ।
६) फ्रीजमा राख्ने – तरकारी वा फलफूलालाई फ्रीजमा १० डी।से मा ३–४ दिन राख्दा विषादीको अवषेश २४–९४ प्रतिशत कम हुने गर्दछ।
७) निर्मलीकरण – दूध वा खानेकुरा निर्मलिकरणको लागि तताउँदा वा चिसोमा राख्दा विषादीको अवषेश नस्ट हुने गर्दछन्
(विषादी विष हुन् औषधि होइनन् यिनको प्रयोग गर्दा सावधानी अपनाऔँ)
(लेखक सत्यराज जोशी कृषि प्राविधिक हुन्।)
