Mantra
Mayametro Hospital

दसैँ मनाउन विभिन्न नाका हुँदै भारतबाट फर्कनेको ओइरो

AD offer
JK
mantra Hospital

कञ्चनपुर:  हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दसैँको आगमनसँगै भारतसँगको सीमा नाकामा नेपालीहरूको चहलपहल बढेको छ । कामको सिलसिलामा भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैँ मनाउन धमाधम घर फर्किन थालेका हुन् । दसैँको आगमनसँगै कामको सिलसिलामा घरभन्दा बाहिर गएका नेपाली कोही घर फर्किसकेका छन् भने कोही फर्किने तयारीमा छन् । सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, खक्रौला सीमा नाका भएर दैनिक हजारौँ नेपाली भारतका विभिन्न सहरबाट फर्किने गरेका छन् । घर फर्किएका नेपालीले भारतीय सीमामा सास्ती खेप्ने गरेको गुनासो गरेका छन् । सामान लिएर आउँदा जाँचका नाममा यता र उता फालिदिने गरेको कञ्चनपुरका राकेश नेपाली बताउँछन् । सीमा नाकामा गरिने व्यवहारले खिन्न हुनुपरेको उनको भनाइ छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...