Mantra
Mayametro Hospital

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा

AD offer
JK
mantra Hospital

धनगढी: सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमटा नियुक्त भएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा नियुक्त भएका हुन्।सुदूरपश्चिम रोयल्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक टमाटालाई एनपीएलका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत सुदूरपश्चिम रोयल्सले टमाटालाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिएको जनाएको छ।

सुदूरपश्चिम रोयल्सले टमाटाको प्रशिक्षणमा टिमले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त पनि गरेको छ। सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीका रूपमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। आठ टिम सहभागी हुने एनपीएल १६ मंसिरदेखि ६ पुससम्म हुनेछ। खेलाडी छनोटका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले २० असोजमा अक्सन गर्दै छ। यसअघि सुदूरपश्चिम रोयल्सले आफ्नो लोगो सार्वजनिक गरेको थियो।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...