Mantra
Mayametro Hospital

दुर्गा प्रसाईंलाई छाड्नुपर्ने माग गर्दै अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट

AD offer
JK

 

काठमाडौं: गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पुगेको छ । अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, सोमबार बिहान उनी पक्षका कानून व्यवसायीहरुले अदालतमा रिट निवेदन दिएका हुन् । तर, उनको निवेदन दर्ता भइसकेको भने छैन ।

mantra Hospital

निवेदनसँगै प्रसाईंले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि बुझाएका छन् । प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो ।

Mantra

विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा एक महिलाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको थियो ।आइतबारै प्रसाईंलाई तीन दिन हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्न अ दालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...