Mantra
Mantra offer

बझाङमा चितुवाको छालासहित एक जना पक्राउ

AD offer
JK
mantra Hospital

बझाङः बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्बी नगरपालिका–१० चैनपुरमा थलारा गाउँपालिका–८ का हरिलाल जोशी पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले ८ फिट २ इन्च लामो र ३ फिट २ इन्च चौडाइ भएको चितुवाको छालासहित पक्राउ गरेको हो। साथै उनको साथबाट खैरो रंगको दाँत, र पञ्जा समेत फेला पारेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...