Mantra
Mayametro Hospital

सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइदै

AD offer
JK

 

बैतडी : आज सुदूरपश्चिममा बूढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै छ। विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ।

भाद्र संक्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझ पोल्ने चलन रहिआएको छ । द्वापर युगमा भगवान् श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बूढी पोल्ने गरिएको छ।

Mantra

द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान् श्रीकृष्णले दूध चुसी मारेको विजयोत्सवका रूपमा बूढी पोल्ने पर्व मनाइने गरेको हो।​

mantra Hospital

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएकी बूढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने प्रचलन छ।

ओल्के संक्रान्तिका दिन गोठालाहरूले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रूखका हाँगा थप्ने गर्छन्। भाद्र संक्रान्तिका गाडिएको बूढीलाई आज पोलेमा सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

बूढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलन छ।

पुतनाको स्वरूपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाई साँझ दोबाटोमा लगेर जलाइन्छ। साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बूढी थुई’ भन्ने चलन छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...