Mantra
Mantra offer

शुक्लाफाँटा नगरपालिकाको आदेशमा नगर प्रहरीको दादागिरी भोलि झलारी बजार बन्द 

AD offer
JK

झलारी: शुक्लाफाँटा नगरपालिकाको आदेशमा नगर प्रहरीको दादागिरी भोलि झलारी बजार बन्द गर्ने संघर्ष समितिको निर्णय ।

व्यापारीहरुसँग कुनै समन्वय नगरि नगर प्रहरी परिचालन गरेर नगरपालिकाले सर–समान नियन्त्रण गरेकाले आन्दोलित हुनु परेको स्थानीय व्यापारीहरुको भनाई रहेको छ । दादागिरी शैलीमा नगरपालिकाले कदम चाल्यो, जुता सिलाएर घर चलाउने निम्न वर्गका नागरिकहरुको सामान नगरपालिकाले लगेको छ, ‘जुन ठाउँबाट नगरपालिकाले सामान लगेको छ, त्यही फिर्ता नर्गदासम्म आन्दोलन जारी राख्छौं ।

Mantra
mantra Hospital

नगरपालिकाले व्यापारीहरुको सामानहरुलाई जेसीबी र ट्याक्टर प्रयोग गरेर नियन्त्रणमा लिएको थियो।

शुक्लाफाँटा नगरपालिका झलारी बजारका व्यापारीहरुले कमला ऐरको संयोजकत्वमा ६ सदस्यी संघर्ष समिति गठन गरिएको छ। समितिको सदस्यमा भीमबहादुर ऐर, रमेश रावल, जयबहादुर ऐर , बिमल शाहु र दीपक भट्ट रहेका छन्। नगरपालिकाले नगर प्रहरी परिचालन गरि ज्याजदी तथा दमन गरेर व्यापारीका सर–सामान नियन्त्रणमा लिएकाले सामान फिर्ता नभएसम्म नगरपालिकाका सवारीसाधन चल्न नदिने र भोलि बिहान ९ बजे देखि झलारी बजार बन्द गरी थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्ष समितिका सदस्य दिपक भट्टले बताए।

सडक क्षेत्रमा राखिएका सामाग्री हटाउन अटेरी गरेपछि नियन्त्रणमा लिइएको नगरपालिकाका सूचना अधिकारीले बताए। ‘पटक–पटक सडक क्षेत्राधिकार खाली गर्न सार्वजनिक सूचना जारी गरेका छौं, सरोकारवालासँग छलफल गरेका छौं,’ उनले भने, ‘हिजो पनि सरोकारवालाहरुसँग छलफल गरेर हटाउन आग्रह गरेका थियौं, पटक–पटकको आग्रहलाई अटेरी गरेपछि नियन्त्रणमा लिन बाध्य भएका हौं।’

नगरपालिकाले बजार क्षेत्रलाई व्यवस्थित गर्ने उनले बताए। ‘बजार क्षेत्रलाई सुन्दर बनाउने हाम्रो योजना छ।’ नगरपालिकाले नियन्त्रणमा लिएका सामाग्रीलाई पहिलो पटकका लागि कागज गरेर  छोड्छौं,’ उनले भने, ‘प्रमाणसहित आएर आफ्नो सामान लग्न आग्रह गर्छौ।’ नगरपालिकाले यसअघि पनि सडक डीभिजन कार्यालयको समन्वयमा सूचना जारी गरी झलारी, कलुवापुर र वनसमिति बजार क्षेत्रमा राखिएका सामाग्री हटाएको थियो।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...