Mantra
Mayametro Hospital

सरकारी कर्मचारीको ‘खाजा समय’ घट्यो, अब आधा घण्टामात्रै

AD offer
JK

 

 

काठमाडौं: सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी गराएका हुन् ।

Mantra
mantra Hospital

उनले कार्यालयको खाजा समयबारेको नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न पनि अनुरोध गरेका छन् ।

यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा लामोसमय सम्म काम नगरेको भनी आलोचना हुने गरेको थियो ।

ओलीले सामाजिक सञ्जालमा लेखेको छन्, ‘ सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १:३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।’सरकारी कर्मचारीको ‘खाजा समय’ घट्यो, अब आधा घण्टामात्रै

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...