Mantra
Mayametro Hospital

राप्रपा को आयोजनामा झलारी खुलामञ्चमा डेउडा प्रतियोगिता

AD offer
JK

 

mantra Hospital

झलारी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुक्लाफाँ नगर कार्य समितिले डेउडा प्रतियोगिता गर्ने भएको छ। शुक्लाफाँ नगरपालिका–१० स्थित खुल्ला मञ्चमा भदौं २४ गतेदेखि ३ दिनसम्म डेउडा खेल आयोजना गर्न लागिएको हो।
ऋषि पञ्चमीको अवसर पारेर डेउडा खेल आयोजना गर्न लागिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वीर सिंह साउदले बताए। उनका अनुसार डेउडा कार्यक्रममा अम्मादत्त जोशी, पशुपती धामी, मानबहादुर विष्ट, बलदेव भट्ट, गौरसिंह सार्की, कालुसिंह कुँवरलगायतका कलाकार सहभागी हनेछन ।
सुदूरपश्चिमको कला, संस्कृति, रीतिरिवाज र डेउडा खेललाई जीवन्त राख्न डेउडा कार्यक्रम आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक बीरसिंह साउँदले बताए।‘ सोमवारदेखी सञ्चालन डेउडा कार्यक्रममा सम्पूर्ण डेउडा प्रेमी दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौं,’ उनले भने।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...